सदरलाइनडटकम,
डोटी : सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा डोटीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जोरायल गाउँपालिका ३ की ३६ वर्षीया दुर्गादेवी साहु रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
घर नजिकैको सामुदायिक वनमा आगलागी भएपछि आगो निभाउने क्रममा गम्भीर घाइते भएकी साहुको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मृतकका श्रीमान् भीमबहादुर शाहुले बताए । बुधवार एकाबिहानै जंगलमा लागेको आगो निभाउने क्रममा उनी घाइते भएकी थिइन् ।
