स्व. श्याम थापा स्मृती फूटबल प्रतियोगिताको तयारी शुरु

सदरलाइन संवाददाता १० मंसिर २०७९, शनिबार १४:५७
 

नेपालगञ्ज : स्व.श्याम थापा स्मृती फूटबल प्रतियोगिताको दोस्रो संस्करणको तयारी शुरु हुने भएको छ । खजुरा गाउँपालिका –१ सैनिक मैटहवा उच्च मा. बिको खेल मैदानमा हुनेछ ।

पश्चिम नेपालको चर्चित फूटबल खेलाडी श्याम थापा “हुइया” को सम्झनामा उनको गृह क्लब जय किसान स्पोर्ट्स क्लब सैनिकले दोस्रो स्व. श्याम थापा नकआउट फूटबल प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिता पुसको पहिलो साता देखि गर्ने तयारी भइरहेको क्लबका महासचिब दीपक रानाले जानकारी दिए । उनले भने– प्रतियोगिता गर्ने निश्चित भएको छ । मिति र पुरस्कार राशीको घोषणा भने केहि दिनमा टुंगो लाग्ने छ । प्रतियोगिता पुसको पहिलो साता नै गर्ने आन्तरिक तयारी भइरहेको रानाले बताए ।

प्रतियोगितामा बाँके जिल्लाका १० वटा क्लब , मित्र रास्ट्र भारत लखनउबाट २ वटा क्लब, धनगढी , बर्दिया , सुर्खेत जुम्ला , दाङ्ग र यसपाली नयाँ २ ओटा क्लब सिमरा र रुपन्देही –११ सहभागी हुने पक्का पक्की भएको छ ।


प्रतियोगिताको मुख्य प्रायोजक बाँके–बर्दिया मैत्री समाज जापान रहेको छ । यसैगरि प्रतियोगितालाई सफल बनाउन बिदेशमा रहनु भएका खजुरा गाउँपालिकाका युवाहरुले आर्थिक सहयोग गर्ने छन् ।

पहिलो संस्करणको प्रतियोगितामा पनि मुख्य प्रायोजक बाँके–बर्दिया मैत्री समाज जापान रहेको थियो भने आर्थिक सहयोग पनि प्रदेशिहरुले गरेका थिए ।

स्थानीय खेलाडीहरुको उत्पादन गर्ने र फूटबल खेलप्रति युवाहरूको आकर्षक बढाउन आयोजना गरिएको प्रतियोगितालाई आफुहरुले सहयोग गर्दै आएको बाँके–बर्दिया मैत्री समाज जापानका संरक्षक सुशील मल्लले जानकारी दिए ।

गोल नेपाल डट कमबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज ५औं मेयरकप साइकल प्रतियोगिता सम्पन्न

१० मंसिर २०७९, शनिबार १४:५७
नेपालगञ्ज : हरेक बर्ष आयोजना गरिँदै आएको नेपालगञ्ज साइक्लोथन ५ औं मेयरकप साइकल दौड प्रतियोगिता नेपालगञ्जमा सम्पन्न भएको छ । शनिवार एक समारोह बिच नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त बिष्टले फ्ल्याग अफ गरि प्रतियोगिताको शुरुवात भएको थियो । नेपालगञ्ज साइक्लिङ क्लबको आयोजना र नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा आयोजित प्रतियोगितामा विभिन्न ५ बिधाका […]

ताजा अपडेट