सुदूरपश्चिममा एमालेको सरकार बन्ने

सदरलाइन संवाददाता ३१ बैशाख २०७८, शुक्रबार १२:२६
 

धनगढी : नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको सुदूरपश्चिम प्रदेश सरकारको भविष्य पनि धरापमा परेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमती भएसंगै सुदूरपश्चिममा एमालेको सरकार बन्ने निश्चित भएको छ । अहिले सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्व गरिरहेको छ । सुदूरपश्चिम प्रदेश सभामा नेपाल पक्षको बहुमत छ भने ५२ सदस्य रहेको प्रदेशसभामा एमाले एक्लैसंग २५ जना सांसद छन् ।

१२ जना सांसद रहेको माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट अहिले मुख्यमन्त्री छन् भने सरकारमा नेपाल पक्षका प्रकाश शाह आन्तरिक मामिला तथा कानुन मन्त्री, कृष्णराज सुबेदी सामाजिक विकास मन्त्री र माया भट्ट उद्योग वन तथा वातावरण मन्त्री छन् ।

माओवादी केन्द्रका १३ जना सांसद रहेकोमा आर्थिक मामिला मन्त्रीबाट राजीनामा दिएर सांसद झपट रावल एमाले प्रवेश गरेसंगै उनलाई माओवादी केन्द्रले सांसद पदबाट हटाइसकेको छ ।


संसदमा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी ९जसपा०का २ जना सांसद छन् । एमालेलाई जसपाका दुई जना सांसदले समर्थन गर्ने वित्तिकै एमालेको सरकार बन्ने सम्भावना छ । जसपाका दुई सांसद महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका हुन । उनिहरु केन्द्रमा एमालेसंगै भएकाले पनि सरकार बनाउन एमालेलाई प्रदेशमा सजिलो छ ।

एमालेभित्र यसअघि नै सरकार बनाउने तयारी भएपनि एमाले नेता भिम रावलको असहयोगका कारण सरकार बन्न सकेको थिएन । प्रदेशसभामा झण्डै एकल बहमुत भएको एमालेले मुख्यमन्त्री नपाउने तर १२ जना सांसद भएको मुख्यमन्त्री रहिरहने अवस्था भएको भन्दै एमालेभित्र पनि उनलाई हटाउन सांसदहरुको चर्को दबाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज–१८ का वडा अध्यक्ष बर्माले आफ्नो खर्चमा सुरु गरे कोरोना संक्रमितका लागि निशुल्क एम्बुलेन्स सेवा

३१ बैशाख २०७८, शुक्रबार १२:२६
नेपालगञ्ज : बढ्दो कोरोना संक्रमणका कारण अस्पताल जान आउन सहज बनाउने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दिपक बर्माले अक्सिजन सहितको निशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । उनले आफ्नो व्यक्तिगत खर्चमा सञ्चालन गरिएकोे सो एम्बुलेन्स अक्सिजन सुबिधा सहितको रहेको र वडा नं. १८ को लागि मात्र […]

सम्बन्धित