सदरलाइनडटकम,
नेपालगञ्ज : टिप्परको ठक्करबाट नेपालगञ्जमा स्कुटी सवार एक महिला घाईते भएकी छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मुक्तिपुरमा शनिवार बिहान करीब ८ बजे माटो पुर्याएर फर्किरहेको लामा कन्सट्रक्शनको ना ७ ख ८४८५ नम्बरको खाली टिप्परले ठक्कर दिँदा भे ८ प ३९८५ नम्बरको स्कुटी चलाईरहेकी नेपालगञ्ज १२ मुक्तिपुरकी राधिका बजगाई घाईते भएकी हुन् ।
घाईते राधिकालाई उपचारका लागि मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको छ भने टिप्पर, चालकर र स्कुटीलाई वडा प्रहरी कार्यालय नेपालगञ्जले नियन्त्रणमा लिएको प्रहरी नायब निरीक्षक माधव रिजालले बताए । प्रत्यक्षदर्शीका अनुसार घाईते महिलाले एक पुरुष साथी सँग स्कुटी सिक्दै थिईन । स्कुटी सिक्ने क्रममा टिप्परको टायर तिर घुसेकी उनी उछिट्टिएर पर ढलेको एकजना प्रत्यक्षदर्शीले बताए ।
