नेपालगञ्ज : कैलालीको जानकी गाउँपालिका ९ को अमरावती सामुदायिक वनमा गत पुसमा हत्या गरिएका २५ बर्षीय अर्जुन दास घटनामा संलग्न चार जना फरार अभियुक्तहरुलाई नेपाल भारत सिमानाकाबाट पक्राउ परेका छन् । दासको गत पुस ३ घाँटी रेटेर हत्या भएको थियो ।
दासको हत्या गरि फरार रहेका चार जनालाई महानगरीय अपराध महाशाखाको टोलीले सिदार्थनगर नगरपालिका १ बेलहिया रुपन्देहीको सीमानाकाबाट पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा जानकी गाउँपालिका ९ का १९ वर्षीय रोनी परियार भन्ने दिलिप दास, जानकी गाउँपालिका ९ कै १९ वर्षीय मनोज भण्डारी, जानकी गाउँपालिकाका बमे भन्ने १९ वर्षीय बमबहादुर बोहोरा र १९ वर्षीय सुमित साउद रहेका छन् ।
प्रहरीका अनुसार हत्या गरी उनीहरू भारत गएर लुकेर बसेका थिए । काम खोज्न भैरहवा आएका उनीहरूलाई प्रहरीले बोर्डरबाट पक्राउ गरेको हो ।
पक्राउ परेकाहरु आबश्यक अनुसन्धान गरि कैलाली पठाइने महानगरीय अपराध महाशाखाले जनाएको छ ।