मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह वैशाख पहिलो साता

सदरलाइन संवाददाता २९ चैत्र २०७८, मंगलवार १५:५५
 

नेपालगञ्ज : मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह आगामी वैशाख ६ गते हुने भएको छ ।

यसअघि यही चैत १६ गते निर्धारण भई स्थगित भएको दोस्रो दीक्षान्त समारोह सुर्खेतको कुइनेपानीस्थित विश्वविद्यालयको केन्द्रीय परिसरमा वैशाख ६ गते आयोजना हुने रजिष्ट्रारको कार्यालयले जनाएको छ ।


विश्वविद्यालयका सूचना प्रविधिविज्ञ उपप्राध्यापक पञ्चदेव भट्टका अनुसार दीक्षान्त समारोहको अध्यक्षता कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख आतिथ्यता नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीले गर्नेछन् । भारतीय नागरिक सत्यार्थी बालश्रमविरुद्धको विश्वव्यापी अभियानका अध्यक्ष छन् ।

विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ असारमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज भन्सार कार्यालयको राजस्वमा गिरावट

२९ चैत्र २०७८, मंगलवार १५:५५
नेपालगञ्ज : नेपालगञ्ज नाकाबाट सामान आयातमा गिरावट आएको छ । सामान आयातमा गिरावट आएपछि नेपालगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा समेत कमी आएको छ । चालू आर्थिक बर्षको सात महिनामा ६ अर्व ६६ अर्व ८७ लाख २० हजार रुपैँया घाटा भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अर्जुन न्यौपानेले बताए । […]

सम्बन्धित