तीन दिने पत्रकारिता तालिम सम्पन्न

सदरलाइन संवाददाता २६ जेष्ठ २०८०, शुक्रबार १६:४०
 

राप्तीसोनारी (बाँके) : ग्रामिण पत्रकारिता विकासका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकामा सञ्चालित तीन दिने आधारभुत पत्रकारिता तालिम शुक्रबार सकिएको छ । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्ञ्ले सञ्चालन गरेको तालिममा राप्तीसोनारी गाउँपालिकाका ९ वटा वडाका २३ जना युवा तथा किशोरीहरुको सहभागिता रहेको थियो ।

तालिमको समापन गर्दै गाउँपालिकाकी उपाध्यक्ष मनिषासिंह थारुले स्थानीय गाउँ समुदायका सवाललाई सञ्चार माध्यमसम्म पुर्याउनका लागि यो तालिमले मदत पुग्ने बताइन् । उपाध्यक्ष थारुले पत्रकारिता क्षेत्र निकै जोखिमपुर्ण तथा सम्मानित पेशा भएकोले विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै सत्य तथ्य र निश्पक्षरुपमा रिपोर्टिङ्ग गरि पेशालाई मर्यादित बनाउन आग्रह गरिन् । उनले गाउपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममै महिलाहरुका लागि उद्घोषण तथा पत्रकारिता तालिमको विशेष कार्यक्रम समाबेश गर्ने बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमप्रकाश देवकोटाले पत्रकारिता पेशामा जान आधारभुत तालिमले बाटो खोलेको भन्दै आफुलाई निखार बनाउन अध्ययन र लगनशिल भएर लाग्नुपर्ने बताए । पत्रकार बन्नका लागि शुरुमा क्षमता अभिबृद्धि मुख्य पाटोको रुपमा रहेकाले पेशा शुरु गरिसके पश्चात एडभान्सस्तरको तालिमको आवश्यकता रहेको बताए । उनले गाउँपालिकाले युवाहरुलाई यो तालिम दिएर यहाँका विषयबस्तु तथा सवालमा सहजता हुने बताए ।


समापन कार्यक्रममा गाउँपालिकाका ५ नंं. वडा सदस्य कमलाविक, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, सहभागीका तर्फबाट प्रमिला घर्ति र धनबहादुर थारुले मन्तब्य राखेका थिए ।

तालिममा पत्रकार शुक्रऋषि चौलागाई र राकेशकुमार मिश्रले सहजीकरण गरेको कार्यक्रम संयोजक जयसिंह केसीले जानकारी दिए । संयोजक केसीका अनुसार ग्रामिण क्षेत्रका सवाललाई सञ्चार माध्यमसम्म पुर्याउनका लागि तालिम सञ्चालन गरिएको हो । तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैजनाथमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन

२६ जेष्ठ २०८०, शुक्रबार १६:४०
बैजनाथ (बाँके) : बैजनाथ गाउँपालिकाले शुक्रबारदेखि विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा गाउँपालिका स्वास्थ्य शाखाले शिविर सञ्चालन गरेको हो । उक्त शिविरको टिटिहिरिया स्वास्थ्य चौकीमा गाउँपालिका उपाध्यक्ष एवम् प्रमुख अतिथी निर्मला रोकायले उदघाटन गरिन् । शिविर उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष […]

सम्बन्धित