सदरलाइनडटकम,
काठमाण्डौ : भारतीय सेनाको चिता हेलिकोप्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा दुईजना पाइलटको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन । ज्यान गुमाउनेमा भारतीय सेनाका लेफ्टिनेन्ट कर्नेल र अर्का भुटानी सेना रहेको जनाइएको छ ।
उक्त हेलिकोप्टर भुटानको क्षेत्रमा दुर्घटना भए पनि वास्तविक लोकेशन पत्ता लाग्न सकेको छैन भने दुर्घटनाको कारण पनि पत्ता नलागेको एनआईले जनाइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
