ब्राउन सुगरसहित बाँकेमा एक जना पक्राउ

सदरलाइन संवाददाता २८ चैत्र २०७८, सोमबार १३:२०
 

नेपालगञ्ज : ब्राउन सुगरसहित बाँकेमा एकजना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले नेपालगञ्जको चौलिका चेकपोस्टबाट लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी नम्बर ३० गण बागेश्वरी बाँकेबाट नेपालगञ्ज १६ स्थित चौलिका चेक पोस्टमा सशस्त्र प्रहरी नायब निरीक्षक खड्कबहादुर थापाको कमान्डमा खटिएको टोलीले ४ ग्राम ब्राउन सुगरसहित नेपालगञ्ज ९ बस्ने २६ बर्षीय रमेश नेपाली सार्कीलाई आइतबार साँँझ पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिएका छन् ।


भारतको रुपइडिहाबाट नेपालगञ्जतर्फ अटो रिक्सामा आउँदै गरेका रमेशलाई शंका लागि चेकजाँचका क्रममा मुखभित्र लुकाएर ल्याइरहेको अवस्थामा ४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले बताए ।

पक्राउ परेका रमेशलाई आबश्यक अनुसन्धान र कारबाही प्रक्रियाका लागि जिल्ला प्रहरी बाँकेमा बुझाइएको बस्नेतले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा पत्निद्वारा आफ्नै पतिको हत्या

२८ चैत्र २०७८, सोमबार १३:२०
कैलाली : श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । कैलाली मोहन्याल गाउँपालिका १ राक्सा बस्ने ३३ वर्षीया थुमा थापामगरले आफ्नै श्रीमान् अन्दाजी ४४ वर्षीय नारायण बुढामगरको हत्या गरेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । प्रहरीका अनुसार, घरायसी विबादका कारण घरेलु हँसियाको प्रयोग गरी श्रीमानको विभत्स हत्या गरी सोमबार […]