कोरोना देखिएपछि हिरासत कक्ष सिल

२८ असार २०७७, आईतवार १४:४६
 

सदरलाइनडटकम, 

सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बलात्कार आरोपमा पक्राउ परेका एक थुनुवामा संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्ष सिल गरिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।


वीरेन्द्रनगरका ३६ वर्षीय ती युवक हाडनाता करणीको आरोपमा असार १४ गते पक्राउ परेका थिए । हिरासतमा रहेका थुनुवाहरुको अनिवार्य पीसीआर गर्ने अदातलको आदेशानुसार २० गते उनको स्वाब संकलन गरिएको थियो । २६ गते आएको पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि हिरासत कक्ष सिल गरिएको घर्तीले बताए ।

उनलाई जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा आइसोलेशनमा राखिएको छ । उनको सम्पर्कमा रहेका आफन्त तथा प्रहरीसहित २२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।

Next Post

बबई नदीमा बगेर दुई जना बेपत्ता

२८ असार २०७७, आईतवार १४:४६
सदरलाइनडटकम, बर्दिया : बबई नदीमा आएको बाढीमा बगेर बर्दियाको ठाकुरबाबा नगरपालिका ४ का एक दम्पती बेपत्ता भएका छन् । नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका ४ बगनाहा गाउँका ३२ वर्षीय जितबहादुर थारू र उनकी श्रीमती २६ वर्षीया राजकुमारी बेपत्ता भएको बर्दिया प्रहरीले जनाएको छ । बबई नदी किनारमा रहेको दाउरा […]