बाँकेमा थपिए २१ कोरोना संक्रमित

सदरलाइन संवाददाता १३ कार्तिक २०७७, बिहीबार १६:४८
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बाँकेका २१ सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले बिहीवार दिउँसो जारी गरेको अद्यावधिकअनुसार बाँकेका २१ र बर्दियाका १४ जनामा कोरोना देखिएको छ । यस्तै सल्यान, रुकुम, डोल्पा, अछाम, कालिकोट, सुर्खेत, सप्तरी र दोलखामा एकएक जनामा कोराना पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा भेरी अस्पतालले १ सय ६१ जनाको परीक्षण गर्दा ४३ जनामा कोरोना देखिएको जनाएको छ ।

Next Post

दाङका एक कोराना संक्रमितको बाँकेमा मृत्यु

१३ कार्तिक २०७७, बिहीबार १६:४८
नेपालगञ्ज : बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दाङको राप्ती गाउँपालिका वडा नं. १ का ६५ पुरुषको बिहीवार दिउँसो ३ बजेर ५० मिनेटमा मृत्यु भएको हो । योसँगै अन्य जिल्लाबाट कोरानाको उपचार गराउन बाँके आएका १६ जनाको मृत्यु भइसकेको जिल्ला […]

सम्बन्धित