लागुऔषधसहित सुर्खेतमा एकजना पक्राउ

सदरलाइन संवाददाता १६ चैत्र २०७८, बुधबार १४:३४
 

नेपालगञ्ज : सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । बुधबार बिहान ११ बजेको वीरेन्द्रागर–१० बसपार्क नजिक रहेको एक होटलबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उक्त होटल अगाडी संकास्पद रुपमा बसिरहेको अवस्थामा बराहताल गाँउपालिका–१० ओदालताल २४ वर्षीय मुकेश सिजालीलाई पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालयल सुर्खेतबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले चेकजाँच गर्दा मुकेशको साथबाट एक पुडिया लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ १२० मिलि ग्राम बरामद गरेको छ । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले अध्यक्ष ओली नेपालगञ्ज आउँदै

१६ चैत्र २०७८, बुधबार १४:३४
नेपालगञ्ज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधवार नेपालगञ्ज आउँदै छन् । एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार जुम्ला र कालिकोटको कार्यक्रममा जानका लागि अध्यक्ष ओली नेपालगञ्ज आउन थालेका हुन् । अपरान्ह ४ बजे नेपालगञ्ज आइपुग्ने अध्यक्ष ओली बुधवार नेपालगञ्जमै बास बस्ने छन् । नेपालगञ्ज बसाईका क्रममा यहाँका नेता […]