कार्यालय सहयोगीको भरमा स्वास्थ्य संस्था

२८ असार २०७५, बिहीबार १३:३८
 

जाजरकोट,  यहाँको एक दुर्गम ठाउँमा रहेको स्वास्थ्य संस्थामा कार्यालय सहयोगीले स्वास्थ्य चलाउने गरेका छन् ।

जिल्लाको जुनिचाँदे गाउँपालिका–८ मा रहेको सामुदायिक स्वास्थ्य इकाई कार्यालय सहयोगीको भरमा चलेको छ । वैशाख ५ गतेदेखि कार्यालय सहयोगी नरबहादुर बस्नेतको भरमा सो कार्यालय सञ्चालन हुँदै आएको छ । यहाँ कार्यरत अहेव लोकेन्द्र बस्नेत वैशाख ५ देखि कार्यालयमा हाजिर नभएको पाइएको हो । बिरामी जाँच्नेदेखि औषधि वितरण सम्मको कामसम्म कार्यालय सहयोगी नरबहादुरले गर्दै आएको बताए । अहिले यो स्वास्थ्य संस्थामा मौज्दात रहेको औषधिसमेत म्याद गुर्जिएको अवस्थामा रहेको पाइएको छ ।

दैनिक ३० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने भए पनि उपचारको अभावमा फर्कने गरेको कार्यालय सहयोगी बस्नेतले बताए ।


 

रासस

Next Post

रुकुम पश्चिमका ५५ ठाउँ विपद्को जोखिममा

२८ असार २०७५, बिहीबार १३:३८
रुकुम, जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पश्चिमले जिल्लाका जोखिमपूर्ण ठाउँको पहिचान गरेको छ । सरोकारवालासँगको छलफल तथा अघिल्ला वर्षमा आएका विपद्लाई मध्यनजर गर्दै समितिले जिल्लाका ६ वटै स्थानीय तहमा विपद्को जोखिममा रहेका ठाउँको पहिचान गरेको हो । समितिका अनुसार जिल्लामा ५५ भन्दा धेरै ठाउँ बाढी र पहिरोको जोखिममा छन् । त्रिवेणी गाउँपालिकामा सबैभन्दा […]