हुम्लामा हेलिकोप्टर दुर्घटना हुँदा एक भारतीयको मृत्यु

२९ श्रावण २०७५, मंगलवार १७:३६
 

सदरलाइनडटकम,
हुम्ला : हुम्लाको हिल्सा विमानस्थलमा मंगलवार मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सिमिकोटबाट हुम्ला गएको हेलिकप्टर यात्रु झार्ने क्रममा दुर्घटना हुँदा भारतीय पर्यटक नगेन्द्रकुमार कार्तिक मेहताको मृत्यु भएको हो ।
यात्रु झार्दै गर्दा हेलिकप्टरको पखेटाले लागेर उनको मृत्यु भएको हुम्ला प्रहरीले जनाएको छ । मेहता हेलिकोप्टरबाट ओर्लदैं गर्द हेलिकोप्टरको पखेटा लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । मनाङ एयरलाइन्सको नाइन एन एएमभी कल साइन भएको हेलिकोप्टर दुर्घटनामा परेको बताएको छ ।

Next Post

पाकिस्तानले मनायो ७१औँ स्वतन्त्रता दिवस

२९ श्रावण २०७५, मंगलवार १७:३६
सदरलाइनडटकम, काठमाडौं : पाकिस्तानले मंगलवार आफ्नोे ७१औ स्वतन्त्रता दिवस मनाएको छ । १४ अगष्टका दिन पाकिस्तानले आफ्नो स्वतन्त्रता दिवस मनाउँदै आएको छ । काठमाडौंस्थित पाकिस्तानी दूतावासले पनि विभिन्न कार्यक्रमका साथ स्वतन्त्रता दिवस मनाएको छ । नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले पाकिस्तानी दूतावासको परिसरमा देशको राष्ट्रिय झण्डा फहराएर दिवस मनाएका […]

सम्बन्धित