दाङको दउखुरी क्षेत्र जलमग्न, सतर्क रहन आग्रह

६ असार २०७७, शनिबार १३:११
 

सदरलाइनडटकम,
दाङ : अविरल वर्षाका कारण दाङको देउखुरी क्षेत्रका विभिन्न ठाउँ जलमग्न बनेको छ । पूर्व–पश्चिम राजमार्ग आस–पासका केही वस्ती तथा राप्ती नदी किनारका वस्तीहरु जलमग्न भएको हो ।
बाढीका कारण पानीको निकास नहुँदा घरहरुमा पानी पसेको लमही नगरपालिका वडा नम्बर २ केरुनीया निवासी सुनिता चौधरीले बताइन् । लगातार वर्षाको कारण लमही नगरपालिकाको गुर्जेहवा, बलामपुर, भुरिपुर, सेमरहवा पुरै जलमग्न भएको छ ।
लगातार वर्षाका कारण आएको बाढीले खेतमा रहेको धानको विउ बगाएको छ । यता लमही नगररपालिकाका मेयर कुलबहादुर केसीले नगरबासीलाई सर्तकता अपनाउन आग्रह गरेका छन् ।

Next Post

राप्ती नदीमा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

६ असार २०७७, शनिबार १३:११
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेस्थित राप्ती नदीमा पानीको स्तर बढेसँगै बाढी आउने खतरा बढेको छ । पहाडी क्षेत्रमा निरन्तर परिरहेको पानीका कारण राप्ती नदी आसपासका क्षेत्रमा खतरा बढेको हो । यो समाचार तयार पारुञ्जेलसम्म राप्ती नदीले खतराको तह पार गरेको छ । कुुसुमस्थित बाढी मापन केन्द्रका अनुसार राप्ती नदीको बहाव चेतावनी […]