नेपालगञ्ज : बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा मृत अवस्थामा पाटे बाघ फेला परेको छ । बाघ करिब ४/५ दिन अघि मरेको अनुमान डिभिजन वन कार्याल बर्दियाले गरेको छ ।
बाघको छाला कुहिएको फेला परेको सहायक वन अधिकृत द्रोण शर्माले बताए । उक्त बाघलाई शव परीक्षणका लागि गुलरिया ल्याइएको छ । बाघ प्राकृतिक कारणले बुढो भएर मरेको आशंका गरिएको छ ।
बाघको बासस्थान रहेको खाता जैविक मार्गमा एक वर्षयता सात जनाको ज्यान बाघले लिइसकेको छ ।