मोहरमको ताजिया आज स्थापना गरिदै

४ आश्विन २०७५, बिहीबार १६:३७
 

सदरलाइनडटकम 
नेपालगञ्ज  : ईस्लाम धर्मावलम्वीहरुको मोहरर्म पर्व शुरु भएको छ ईस्लामी सम्वत १४४० हिजरीको पहिलो महिनाको चाँदको १ तारिकदेखि शूरु भएकोे मोहरर्म पर्व १० तारिकसम्म मनाईने गरिन्छ । मुस्लिम समुदायको पर्व भए पनि यहाँका हिन्दू ,शिख ,थारु समुदायकाले पनि उत्तिकै महत्व र श्रद्धाका साथ यो पर्व मनाउने गर्छन ।
ईराकको करवलामा भएको धार्मीक युद्धमा ईस्लाम धर्मावलम्वीहरु ईस्लाम धर्मका प्रवर्तक मोहम्मद साहेवको नाति हजरत ईमाम हुसेनलगायत ७२ जनाले शहदत प्राप्त गरेको सम्झनामा मनाईने यो पर्वमा विपन्नलाई खिचडि, फलफुल, विभिन्न प्रकारको मिठाई र कपडा दान गर्ने ‘सविल’ गर्नेचलन भएको सञ्चारकर्मी मो. हारुन बताउछन ।
यस पर्वमा आगोमा हिड्ने, फलामको जञ्जिरले पिट्ने, शरीरमा बिलेडले हान्ने गरी दुःख मनाईने चलन छ । मोहर्रमका लागि घरमा ताजिया राख्ने गरीन्छ सामान्यतया ३० रुपैयाँदेखि १० हजारसम्मको ताजिया किनबेच ‘हदिया’ हुने मुस्लिम अगुवा मेराज हिमालय बताउछन ।
ईस्लामीक पहिलो महिनाको चन्द्रमाको ९ तारिकको सांझ स्थापना गर्ने र १० चाँदको दिन दिउँसो बाजागाजाका साथ स्थानीय करवलामा लगेर विशर्जन गर्ने चलन रहेको हाजी मुस्तफा नूरानीले बताए । ताजीया सेलाउदा उनीहरुले आफ्नो शरिरमा विलेडले चिर्ने जन्जिरले हान्ने गर्दछन् ।
यहाँका हिन्दू, शिख ,थारु र अबधि समुदायकाले पनि उत्तिकै महत्व र श्रद्धाका साथ ताजिया राखेर यो पर्वमनाउने गर्छन । ईस्लाम धर्मका प्रवक्ता हजरत मोहम्मदका नाति ईमाम हुसैनको संम्झनामा ताजिया राख्ने चलन छ ।
ईस्लामी संवत १४४० हिजरीको पहिलो महिना मोहरमको ९ तारिख अर्थात आउदो बिहीबार मुस्लिम समुदायले आ–आफ्नो घरमा ताजिया स्थापना गर्ने र शुक्रबार नजिकको करवलामा सेलाउने प्रचलन रहेको छ ।

Next Post

एक लाख घुससहित बीरगञ्ज महानगरका दुई कर्मचारी पक्राउ

४ आश्विन २०७५, बिहीबार १६:३७
सदरलाइनडटकम, बीरगञ्ज : बीरगञ्ज महानगरपालिकाका दुई जना कर्मचारी अख्तियारको फन्दामा परेका छन् । सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौडाले शिक्षा शाखा अधिकृत मन्जुर आलम र सुब्बा शशिभूषण साहलाई पक्राउ गरेको हो । उनीहरूलाई एक लाख घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । बीरगञ्ज १४ स्थित अर्कोन […]