माता बागेश्वरी बचतद्वारा रक्तदान

सदरलाइन संवाददाता १३ जेष्ठ २०७९, शुक्रबार १६:४५
 

नेपालगञ्ज : माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसका अवसरमा शुक्रबार नेपालगञ्जमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

संस्थाका अध्यक्ष रसिद अहमद कुरैसीको अध्यक्षतामा भएको रक्तदानको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले उदघाटन गरेका थिए । कार्यक्रममा बोल्दै राईले रक्तदान जिवन दान भएकोले जिवन बचाउने अभियानमा सहयोगी बन्न सबैलाई आव्हान गरे ।


रेडक्रसका पूर्व केन्द्रीय उपाध्यक्ष अजित कुमार शर्मा, कपास विकास समितिका अध्यक्ष हेमन्तराज काफ्ले, बचत तथा ऋण संघ बाँके जिल्ला अध्यक्ष प्रकाश सुवेदी, रंक्त संचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलगायतको सहभागिता रहेको संस्थाका प्रबन्ध निर्देशक अम्बिका काफ्लेले जानकारी दिए ।

कार्यक्रममा दुई दर्जनले रक्तदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य विमा सम्बन्धि अभिमुखिकरण सम्पन्न

१३ जेष्ठ २०७९, शुक्रबार १६:४५
नेपालगञ्ज : बैजनाथ गाउँपालिकामा स्वास्थ्य बिमा सम्बन्धि नव निर्वाचित जनप्रतिनिधि र दर्ता सहयोगीहरूलाई एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाको आयोजना उक्त एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो । कार्यक्रमको प्राविधिक सहयोग स्वास्थ्य विमा बोर्ड नेपालगञ्जले गरेको थियो । कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर […]