बाँकेमा मंगलवार ७ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १६ कार्तिक २०७८, मंगलवार १७:०९
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप ७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ५९ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

नेपालगञ्ज भेरी अस्पतालमा २९ नमुना परीक्षण गर्दा ४ र मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । बागेश्वरी ल्यावमा ५ नमुना परीक्षण गर्दा सबै नेगेटिभ आएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।


मंगलवार संक्रमण पुष्टि भएका मध्ये बाँकेका १ जना छन् । योसँगै बाँकेमा संक्रमितको कुल संख्या १८ हजार ४ सय ३ पुगेको छ ।

यस्तै मंगलवार थप ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार २९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले बाँकेका पालिका कमिटीलाई केन्द्रीय सदस्य हल्वाईको निर्देशन

१६ कार्तिक २०७८, मंगलवार १७:०९
नेपालगञ्ज : नेकपा एमाले बाँकेद्वारा हालै सम्पन्न पालिका अधिवेशनबाट निर्वाचित पदाधिकारीसंग अन्तरक्रिया तथा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ । पार्टीका केन्द्रीय सदस्य तथा बाँके सह–ईन्चार्ज मोहम्मद हारुणले अयोजना गरेको कार्यक्रममा बाँकेका आठैवटा स्थानीय पालिका कमिटीको प्रथम अधिबेशनबाट निर्बाचित अध्यक्षलगायतको पदाधिकारीहरु बिच अन्तरक्रिया र शुभकामना आदान प्रदान गरिएको थियो । एमाले […]