८ सय क्याप्सुल लागूऔषधसहित एक जना पक्राउ

सदरलाइन संवाददाता ५ चैत्र २०७८, शनिबार १४:२७
 

नेपालगञ्ज : लागूऔषधसहित बाँकेमा एक जना युवक पक्राउ परेका छन् ।

जमुनाहा प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टको कमान्डमा खटिएको टोलीले भारतबाट नेपालगन्ज आउँदै गरेका तुलसीपुर १८ का २२ बर्षीय बिकास बिकलाई शनिवार बिहान ११ बजे ८ सय क्याप्सुल लागूऔषध ट्रमाडोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


भारतबाट नेपालगञ्ज सीमा नाकाबाट शंकास्पद रुपले नेपालगञ्ज आउँदै गरेका बिकलाई जाँचका क्रममा बेल्टभित्र लुकाएर ल्याएको अवस्थामा ८० फाइल (८ सय क्याप्सुल) लागूऔषध ट्रमाडोल बरामद गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

लागूऔषधसहित नियन्त्रणमा रहेका बिकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका प्रतिष्ठित व्यवसायी आचार्यको निधन

५ चैत्र २०७८, शनिबार १४:२७
नेपालगञ्ज : नेकपा माओवादी केन्द्रका नेता दामोदर आचार्यको निधन भएको छ । ५९ बर्षीय आचार्यको उपचारका क्रममा शनिवार विहान भेरी अस्पतालमा निधन भएको हो । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य आचार्य नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हुन् । नेपालगञ्जका प्रतिष्ठित व्यवसायी उनी नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय […]