कोहलपुरले माला किनबेचका लागि स्थान तोक्यो

सदरलाइन संवाददाता २६ कार्तिक २०८०, आईतवार १२:५६
 

नेपालगञ्ज : तिहारका लागि अति आवश्यक सयपत्री फूलको माला विक्रीका लागि कोहलपुर नगरपालिकाले दुई स्थान तोकेको छ ।

कोहलपुर नगर प्रमुख पूर्ण प्रसाद आचार्यको निर्देशनमा कोहलपुर न्यूरोड र साँझा चोकमा स्वदेशी उत्पादनको सहुलियतमा फूल विक्रीका लागि खुला गरेको नगर प्रहरी प्रमुख विर बहादुर थापाले जानकारी दिए ।

थापाले २३ वटा पसलहरुमा प्लाष्टिकका मालाहरु विक्रि वितरणमा रोक लगाइएको जानकारी दिए । कोहलपुर नगरपालिकामा रहेका पुष्पखेती गरिरहेका स्वदेशी फूल उत्पादकहरुले स्वयम तथा बिक्रेताले समेत विक्रि वितरण गर्न पाउनेछन् ।


‘हामीले फूल प्रयोग गर्दा नेपाली उत्पादनलाई छोडेर अरू प्रयोग गर्नु ठिक होइन कि जस्तो लाग्छ, उनले भने, नेपाली उत्पादनलाई सबैले माया गरौँ नेपालीको घरमा नेपाली फूल होस भन्ने हाम्रो मेयर सावको चाहना र निर्देशन अनुसार नै हामी नेपाली फूल बिक्रीका स्थान घोषणा गरेका हौँ ।

नेपाली किसानले उत्पादन गरेको फूललाई प्रवर्द्धन गर्ने, नेपाली किसानको पसिनालाई इज्जत र सम्मान गर्नका लागि खरिद बिक्री स्थान तोक्ने काम गरिएको थापाले बताए ।

थापाका अनुसार कोहलपुरको न्यूूरोड र साँझा चोकमा २६ गतेदेखि २८ गतेसम्मस्वदेशी सयपत्री माला तथा फूल किनबेच हुने छ । कोहलपुर नगरपालिका भित्रका सयपत्री मालाको किनबेचका लागि स्थान आवश्यक परेमा नगरपालिकाले दिने थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती

२६ कार्तिक २०८०, आईतवार १२:५६
नेपालगञ्ज : बाँके र बर्दिया जिल्लामा अझै पनि कुष्ठरोगको समस्या कायमै रहेको पाइएको छ । विगतको तुलनामा बिरामीको सङ्ख्यामा कमी आए पनि नयाँ बिरामी पहिचान हुँदै गएकाले कुष्ठरोग निवारणमा चुनौती देखिएको छ । छाला, कुष्ठ तथा क्षयरोगका बिरामीको उपचार गर्दै आएको जानकी गाउँपालिकास्थित साइनिङ अस्पतालमा आर्थिक वर्ष २०७९–८० मा एक […]

सम्बन्धित