लागू औषध दुव्र्यसन बिरुद्ध विषेश ध्यान पुराईने एमाले उम्मेदवार ढकालको उद्घोष

सदरलाइन संवाददाता ५ कार्तिक २०७९, शनिबार ११:५०
 

कोहलपुर (बाँके) : आगामी मंसिर ४ मा सम्पन्न हुने निर्वाचनमा बाँके क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार सुर्य ढकालले समाजमा हुने असमाजिक तत्वलाई निर्मुल पार्ने संकल्प लिएका छन ।

समाजमा ब्याप्त लागुपदार्थ दुब्र्यसनी, कुरीति, कुसस्कार, अन्धबिश्वास र हिंसाजन्य घटनाहरुले समाजलाई आक्रान्त पारेको प्रति आफु चिन्तित भएको बताउदै ढकालले आफुले यस्तो संकल्प लिएर चुनावी मोर्चामा होमिएको कुरामा जोड दिए ।

‘निर्वाचन भनेको प्रकृया हो चरण चरणमा भैइरहन्छ । अनि बिकास पनि एकै पटक हुने होइन तर सबैले चिल्लो अनि कालो बाटो बने मात्र बिकास भएको मान्छ्न तर लागुऔषध दुर्व्यसनले लाखौ युवा युवती कुलतमा फसेको कुरामा आजसम्म कसैको ध्यान गएको छैन’–ै कोहलपुर–५ पृथ्वीनगर मनकामना चोकका स्थानीय युवा शैलेस बिक्रम शाहले भने ।

उनले कोहलपुरको समग्र समस्या नेकपा एमालेका नेता सुर्य ढकाल र दुर्गा प्रसाद चौधरीसामु राखे । उनले बिकास भनेको भैतिक पूर्वाधार मात्र हो भनेर सबै नेता उम्मेदवार त्यस्तो बिकासको पछाडि लागि रहदा कोहलपुरका हजारौ युवायुवती लागुऔषधको दुर्व्यसनीमा फसिरहेकोको अवस्थामा कसैको ध्यान पुग्न नसकेको गुनासो गरे ।

यस्तै कोहलपुर–५ पृथ्वीनगरकै लक्ष्मी सुनारले पनि कोहलपुर लागुऔषधको अड्डा अनि अखडा नै बनेको हुँदा आफ्ना छोराछोरी पनि कतै यसको लतमा लाग्ने र फस्ने त होइनन भन्ने चिन्ताले दिनरात सताईरहने गुनासो गरिन । उनले समग्र कोहलपुरको बिकाससङ्गै लागुऔषध दुर्व्यसनी रोक्न नयाँ योजना ल्याइदिनु हुन आग्रह गरिन ।


चुनावी अभियानको दौडानमा दौडिएका नेकपा एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार ढकालले आफु सधै लागुऔषध दुर्व्यसन बिरुद्ध लागिरहेको तर यसलाई निर्मुल पार्नको लागि त्यस्तो कुनै कार्यक्रम नल्याइएको हुदा अब यी मुद्दाहरुलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले आफू जनताको घरदैलो अनि टोलमा पुग्दा सधै सबैले बाटो बनेन नाली बनेन जस्ता समस्या राखिरहने तर आजसम्म लागुऔषध दुर्व्यसन र देहव्यापार बिरुद्ध कहि कसैले नबोलेको तर, पृथ्वीनगरका युवा र स्थानीय यो बिषयमा गम्भीर भएकोमा उनी खुसी हुँदै धन्यवाद ज्ञापन समेत गरे ।

यस्तै प्रदेश सभा सदस्य पदका उम्मेदवार दुर्गाप्रसाद चौधरीले पनि आफू निर्वाचित भए पनि नभएपनी स्थानीय रुपमा देखिएका समस्या समाधान गर्द सदैब लागिरहने प्रतिबद्धता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाका बाढी प्रभावितलाई प्लानको सहयोग

५ कार्तिक २०७९, शनिबार ११:५०
बर्दिया :  प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बर्दियाका बाढी प्रभावितलाई राहत सामाग्री हस्तान्त्रण गरिएको छ । प्लानले भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप), बाँके युनेस्को क्लब, थारु महिला उत्थान केन्द्र, स्याक नेपाल र गेरुवा ग्रामिण जागरण संघको सहकार्यमा बाढी प्रभावित समुदायलाई गैर खाद्य सामग्री वितरण गरिएको हो । बाढीबाट प्रत्यक्ष प्रभावित भएका […]

सम्बन्धित