नेपालगञ्जका प्रतिष्ठित व्यवसायी आचार्यको निधन

सदरलाइन संवाददाता ५ चैत्र २०७८, शनिबार १४:३२
 

नेपालगञ्ज : नेकपा माओवादी केन्द्रका नेता दामोदर आचार्यको निधन भएको छ । ५९ बर्षीय आचार्यको उपचारका क्रममा शनिवार विहान भेरी अस्पतालमा निधन भएको हो ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य आचार्य नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हुन् । नेपालगञ्जका प्रतिष्ठित व्यवसायी उनी नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य पनि भएका थिए । नेपालगञ्जमा लोकप्रिय छवि बनाएका आचार्य २०७४ को स्थानीय निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकामा मेयरको उम्मेदवार पनि बनेका थिए ।


क्यान्सरसंग जुध्दै आएका आचार्य लामो समय भारतको दिल्लीमा उपचार गराएर नेपाल फर्किएका थिए । स्वास्थ्यमा सुधार भएपछि नेपालगञ्जस्थित घरमै स्वास्थ्य लाभ गरिरहेका आचार्य फेरि विरामी परेका थिए । उनको जन्म प्युठानमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सञ्चारिका समूह लुम्बिनीमा ‘अनमोल’

५ चैत्र २०७८, शनिबार १४:३२
बुटवल  : सञ्चारिका समुह लुम्विनी प्रदेशको प्रथम अधिवेशन तथा तेस्रो सधारण सभाबाट अमृता अनमोलको अध्यक्षतामा १५ सदस्यीय नयाँ प्रदेश कार्यसमिति समेत चयन गरेको छ । सो समितिको उपाध्यक्षमा बाँकेको रुपा गहतराज, महासचिबमा बर्दियाको मेनका चौधरी, सचिवमा रुपन्देहीको माया केसी र कोषाध्यक्षमा रुपन्देहीको उष किरण पन्त सर्वसम्मत चयन भएका छन् । […]