प्युठानमा बस दुर्घटना, एक जनाको मृत्यु, २० गम्भीर घाइते

सदरलाइन संवाददाता ५ चैत्र २०७८, शनिबार १४:२४
 

नेपालगञ्ज : प्युठानबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा एक वर्षीया बालिकाको मृत्यु भएको छ । बस दुर्घटनामा ३० जना घाइते भएका छन् । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको छ ।

प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस शनिवार मध्याह्न १२ बजे दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।


बस दुर्घटनामा घोराही उपमहानगरपालिका वडा नं १ की एक वर्षीया अंशु परियारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

तिब्र गतिका कारण बस दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

८ सय क्याप्सुल लागूऔषधसहित एक जना पक्राउ

५ चैत्र २०७८, शनिबार १४:२४
नेपालगञ्ज : लागूऔषधसहित बाँकेमा एक जना युवक पक्राउ परेका छन् । जमुनाहा प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टको कमान्डमा खटिएको टोलीले भारतबाट नेपालगन्ज आउँदै गरेका तुलसीपुर १८ का २२ बर्षीय बिकास बिकलाई शनिवार बिहान ११ बजे ८ सय क्याप्सुल लागूऔषध ट्रमाडोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको […]