सहकारीलाई उत्पादनसाँग जोड्न आवश्यक

सदरलाइन संवाददाता ५ कार्तिक २०८०, आईतवार १७:५५
 

नेपालगञ्ज :  सहकारी भनेको असल सहकार्य हो जसले सदस्यको आर्थिक, सामाजिक हैसियत परिवर्तन गर्न सक्छ तर, यसको अहिले दुरुपयोग भएको छ । केही ब्यक्तिगत नाफा कमाउन लागेका सहकारीका कारण सबै बदनाम हुनुपरेको नेपालगञ्जमा एक सहकारीको अवलोकन भ्रमणका क्रममा प्रतिनिधि सभा सदस्य दिपा शर्माले बताउछिन ।

नेपालगञ्ज – १२ मा रहेको सफल बहुउदेश्यीय सहकारी संस्थाको अवलोकन गदै उनले सो कुरा बताएकी हुन । अवलोकन कै क्रममा सहकारीको सञ्चालक समितिसंगको अन्र्तक्रियामा अव सहकारीको बाटो उत्पादनतर्फ जोड्नु पर्नेे कुरामा उनले जोड दिईन ।

‘सहकारी भन्ने बित्तिकै समाजमा नमिठो गन्ध आउने भैसक्यो अव त्यसलाई सुगन्धित बनाउनु पर्ने भन्दै कृषि उत्पादन, हस्तकलाका सामाग्री उत्पादन तथा मौलिक बस्तुको उत्पादन र प्रवद्र्धनमा अव सहकारी लाग्नु पर्छ’–उनले भनिन ।

अन्र्तक्रियाका क्रममा उनले गाउँमा खेर गएका मुलाका पात, पिडालु, अर्गानिक उत्पादनबाट घरेलु उद्योग संचालन गर्नेतर्फ ध्यान बढाउन सुझाव दिईन ।


अन्र्तक्रियाका क्रममा सहकारी की सचिव खिमा थापाले संस्थाले उत्पादन तथा प्याकेजिङ्ग गरेको अचार, अम्चुर, दाल, मसला लगायतका सामाग्रीको बारेमा जानकारी दिएकी थिईन । संस्थाकी अध्यक्ष सिता बोहराले सहकारीले हालसम्म गरेका गतिबिधि र आगामी कार्यदिशा बारेमा जानकारी गराईन ।

५२ जना सदस्य रहेको यो सहकारी संस्था युवा महिलाहरुले संचालन गरेको बहुउद्देश्यीय सहकारी संस्था हो । संस्थाकी ब्यवस्थापक चन्द्रा आर्चायका अनुसार हालसम्म बालबालिका तथा अभिभावकलाई परामर्श सेवा, उत्प्रेरणा, महिला उद्यमशिलता, स्थानीयस्तरमा प्राप्त अर्गानिक खाद्य बस्तुबाट गुणस्तरिय उत्पादन तथा प्याकेजिङ्गका काम गर्दै आईरहेको छ ।

अहिले दशै लक्षित सगुन र तिहार लक्षित भाई मसला समेत उपलब्ध गराइरहेको छ । सहकारीको स्टोर नेपालगञ्ज १२ बेलासपुरमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महानवमीमा नवदुर्गा भगवतीको पूजा आराधना गरिँदै

५ कार्तिक २०८०, आईतवार १७:५५
नेपालगञ्ज : सोमवार बडादसैंको ९औं दिन अर्थात महानवमी । आज महानवमीमा नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाईंदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र […]