नेपालगञ्ज : संक्रमण कालिन न्यायको कामलाई अन्तिम किनारा लगाउन अत्यन्त ढिलाई भएको भन्दै तत्तकालै किनारा लगाउदै पीडितलाई न्याय दिनुु पर्ने ७६ औ अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आयोजिक कार्यक्रमका सहभागिले सुझाव दिएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालयले सो दिवशका अवसरमा नेपालगञ्जमा आयोजना गरेको कार्यक्रमका सहभागिले सो सुझाव दिएका हुन ।
आयोगका पूर्व सदस्य सुशील प्याकुरेलले शान्ति सम्झौताको १८ वर्ष पुरा हुँदा पनि संक्रमणकालिन न्यायिक प्रकृया टुंगोमा पुग्न नसक्नु अत्यन्तै दुर्भाग्य भएको बताए । उनले अझै पनि प्राथामिकतामा राखेर यसको छिनोफानो हुनुपर्ने बताए ।
मानव अधिककार उलंघनका गम्भीर प्रकृतिका घटनाका दोषिलाई आयोग तथा अदालतबाट समेत दोषि करार हुँदा पनि कार्यन्वयन हुन नसक्नु अर्को बिडम्बना भएकोले यसतर्फ पनि सबैको ध्यान जान आवश्यक रहेको औल्याईएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका द्वारीका अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र चैधरी, गैससकर्मी निर्मला सुनार, बसन्त गौतमलगायतले बर्तमान मानव अधिकारको अवस्थाको बारेमा चिन्ता प्रकट गरेका थिए ।