भ्यानको ठक्करबाट साइकल यात्रुको मृत्यु

सदरलाइन संवाददाता २१ पुष २०८०, शनिबार १८:२१
 

नेपालगञ्ज : नेपालगञ्जबाट राजापुर तर्फ गइरहेको भे१ज १३३७ नम्बरको यात्रुवाहक भ्यानको ठक्करले एक साइकल यात्रुको मृत्यु भएपछि मधुवन नपा–३ ओरालीबजार तनाव भएको छ ।

कोठियाघाट राजापुर हुलाकी सडक खण्डको राजापुर नगरपालिका–१० खैरीचन्दनपुरमा उक्त भ्यानले ठक्कर दिँदा साइकल यात्रु मधुवन नपा–३ का ५४ वर्षीय नोके दमाईको मृत्यु भएको हो ।


प्रहरीले भ्यानसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी तिलकराम अर्यालले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिसो बढेपछि बाँकेमा आगो ताप्ने व्यवस्था मिलाइयो

२१ पुष २०८०, शनिबार १८:२१
नेपालगञ्ज : शीतलहर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जेष्ठ नागरिक, न्यानो कपडाको कम पहुँच भएका समूहलाई लक्षित गरि सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको छ । जेष्ठ नागरिक, बालबालिका, विपन्न वर्ग र न्यानो कपडा र वासस्थानमा पहुँच नपुगेका व्यक्ति/समूह प्रभावित हुन सक्ने र रोगको जोखिममा रहन सक्ने भन्दै केही साता […]