संचारिकाले गर्यो अन्तरक्रिया तथा दर कार्यक्रम

सदरलाइन संवाददाता ७ भाद्र २०७९, मंगलवार १५:२६
 

नेपालगञ्ज : संचारिका समूह बाँकेले तीजको अवसरमा नेपालगञ्जमा अन्तरक्रिया तथा दर कार्यक्रम सम्पन्न गरेको छ । समूहका बाँके अध्यक्ष रुपनी जिएमको सभापतित्वमा भएको कार्यक्रममा महिला पत्रकारहरु सहभागी थिए ।

वन तथा वातावरण संरक्षणका बिषयमा महिला पत्रकारसँग अन्तरक्रिया नाम दिइएको उक्त कार्यक्रममा जिल्ला वन कार्यालयले आर्थिक सहयोग गरेको बताइएको छ ।


वन तथा वातावरण संरक्षणमा महिलाहरुको भूमिका समेत महत्वपूर्ण भएकाले महिला पत्रकारसँग अन्तरक्रिया गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी गणेश खड्काले जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, प्रेस युनियनका अध्यक्ष अर्जुन वली, जिल्ला वन कार्यालयका सहायक वन अधिकृत ज्योति घिमिरे लगायतले शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानको खलंगादेखि कोहलपुरसम्म सडक स्तरवृद्धिको काम शुरु

७ भाद्र २०७९, मंगलवार १५:२६
नेपालगञ्ज : गाडी चल्न थालेको २० वर्षपछि सल्यानको खलंगादेखि नेपालगञ्ज आउन लागि सबैभन्दा छोटो पर्ने खलंगा–मार्के–कालिमाटी–घुइँयाबारी–चप्परगौरी–कोहलपुर सडक स्तरवृद्धि तथा कालोपत्रको काम शुरु गरिएको छ । संघीय सरकारले झन्डै ४० करोड बजेट विनियोजन गरेपछि स्तरवृद्धि तथा कालोपत्रको काम शुरु भएको हो । सरकारले ४० करोड विनियोजन गरेपछि सडक डिभिजन कार्यालय दाङले […]