प्रतियोगिता सफल पार्न कवड्डी संघले माइकिङ गर्ने

२० चैत्र २०७५, बुधबार १८:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसार नेपाल कवड्डी संघले गर्ने भएको छ । प्रतियोगितामा जनसहभागिता गराउन संघले जिल्लाभर प्रचार प्रसार गर्ने भएको हो । प्रतियोगिता हुनुभन्दा दुई दिन अघि संघले बाँके जिल्लाको विभिन्न स्थानमा आठौँ राष्ट्रिय प्रतियोगिताको जानकारी सहितको माइकिङ गर्ने संघका अध्यक्ष डम्बर थापाले जानकारी दिए ।
उनले कोहलपुर, बनकटवा, कुसुम, कम्दी, खजुरा, बेतहनी, फत्तेपुर, राँझा लगायत स्थानमा माइकिङमार्फत प्रचार प्रसार गरिने बताए । मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीसँग भएको छलफलमा संघले आठौँको प्रचार प्रसारका लागि माइकिङ गर्ने सहमति भएको संघका अध्यक्ष थापाले बताए । ‘प्रतियोगितालाई सफल बनाउने दायित्व सरकारको मात्र हाम्रो पनि हो, प्रतियोगितालाई सफल बनाउन हाम्रो पनि सहयोग हुनुपर्छ भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने ।
छलफलमा क्षेत्रीय अध्यक्ष ओलीले प्रतियोगितालाई सफल बनाउन गाउँ–गाउँबाट, बस्ती–बस्तीबाट उठ्नु पर्ने बताए । ‘यो हामी सवैको साझा कार्यक्रम हो, यसमा सिंगो बाँकेबासीको इज्जत जोडिएको छ,’ उनले भने ।

Next Post

प्रतियोगिताको प्रचारप्रसार गर्दै लायन्स क्लव

२० चैत्र २०७५, बुधबार १८:४९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा आयोजना हुने आठौँ राष्ट्रिय प्रतियोगितालाई सफल बनाउन यहाँका सर्वसाधाराण् स्वस्फूर्त रुपमा अगाडी सरेका छन् । प्रतियोगिताको प्रचार प्रसार, सरसफाई, भोजन, यातायात, स्वयमसेवक लगायतका काममा नेपालगञ्जका सर्वसाधारण स्वस्फूर्त अगाडी सरेका छन् । लायन्स क्लव, डिष्ट्रिक्ट ३२५ वी टु ले प्रचार प्रसारमा सहयोग गर्ने भएको छ । नेपालगञ्जमा […]