बाँसगढी नगरपालिकाको मेयर, उपमेयरमा एमाले विजयी

सदरलाइन संवाददाता ३ जेष्ठ २०७९, मंगलवार १७:४३
 

बर्दिया : बर्दियाको बाँसगढी नगरपालिकाको मेयर, उपमेयरमा नेकपा एमाले विजयी भएको छ । एमालेका खड्ग बहादुर १००६१ मत ल्याएर मेयरमा विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी माओवादीका भवनकुमार थारुले ८५७७ र कांग्रेसका सविन कुमार थारुले ६७११ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा पनि एमालेकी इन्दिरा चौधरी विजयी भएकी छन् । उनी ९६९९ मत ल्याएर विजयी भएकी हुन् । उनको प्रतिद्वन्द्वी माओवादीका भोमी बितालुले ७४३६ र कांग्रेसका आकाश थारुले ७१५१ मत प्राप्त गरेका छन् ।


२०७४ स्थानीय तहको निर्वाचनमा पनि मेयरमा एमाले विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर ३ मा प्यानलसहित एमाले बिजयी

३ जेष्ठ २०७९, मंगलवार १७:४३
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार माधब रिजाल प्यानल सहित बिजय भएका छन् । निर्वाचन आयोगका अनुसार रिजाल १३ सय ७ मत ल्याएर बिजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका तर्फबाट […]

सम्बन्धित