राप्तीसोनारीले गाउँसभाबाट १६ वटा कानुन पारित, न्यायिक समितिलाई पुर्णता, लेखा समिति गठन

१५ चैत्र २०७४, बिहीबार ०७:५०
 

सदरलाइनडटकम  
१५ चैत, अगैया (बाँके) : राप्तीसोनारी गाउँपालिकाको दोस्रो गाउ।ण्।ण्।ण्।ँसभाले विभिन्न १६ वटा कानुन पारित गरेको छ । गाउँपालिका कार्यालय अगैयामा बुधबार सम्पन्न गाउँ सभाले सो कानुनहरु पारित गरेको हो ।
गाउँसभाले प्रशासकिय कार्यबिधि (नियमित) गर्ने विधेयक–२०७४, एफ.एम रेडिया े(ब्यवस्थापन तथा सञ्चालन) कार्यविधि, कृषि ब्यवसाय प्रर्वद्धन विधेयक, न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा ब्यवस्थापन गर्न बनेको विधेयक पारित गरेको छ ।
यसैगरी स्थानीय सरकारबाट गरिने बजार अनुगमन निर्देशिका, गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा ब्यवस्थित गर्न बनेको विधेयक, सहकारी बिधेयक(संशोधन सहित) पारित गरेको हो ।
सोही सभाले स्थानीय राजपत्र प्रकाशन सम्बन्धी विधेयक–२०७४, सामाजिक सुरक्षा सम्बन्धी कार्यविधि, उद्योग कम्पनी फर्म दर्ता नबीकरण सञ्चालन सम्बन्धी विधेयक, बसोबास परिचय पत्र सम्बन्धी कार्यविधि, वन तथा वातावरण सम्बन्धी विधेयक, कर महसुल, दस्तुर शुल्क रोयल्टी सम्बन्धी विधेयक, उपभोक्ता हक संरक्षण सम्बन्धी कार्यविधि र कर्मचारी सम्बन्धी कार्यविधि–२०७४ पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरतकुमार मल्लले जानकारी दिए ।
गाउँपालिकाको यही चैत ७ गतेबाट सुरु भएको गाउँसभामा कानुनमाथी आवश्यक सल्लाह, सुझावका लागि प्रस्ताव पेश गरिएको थियो । गाउँसभा सदस्यहरुको सल्लाह, सुझाव सहित कानुन पारित गरिएको प्रमुख प्रशासकिय अधिकृत मल्लले जानकारी दिए । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सम्पन्न गाउँसभाले प्रस्तावित कानुन पारितसँगै चालु आर्थिक वर्ष २०७४÷७५ का योजनाको संशोधन प्रस्ताव समेत पारित गरेको छ । गाउँ सभाले दोस्रो चौमासिक सम्मको खर्चलाई स्वीकृत गरेको छ । दोस्रो चौमासिक सम्म चालु तर्फ चालु १ करोड ३९ लाख ६१ हजार ४ सय ९३ र पुँजीगत खर्च ७ करोड १५ लाख ४६ हजार ३ सय ६३ रुपैयाँ भएको छ ।
सभाले न्यायिक समितिलाई पुर्णता दिदै लेखा समिति गठन गरेको छ । उपाध्यक्ष धनीकुमारी खत्रीको संयोजकत्वमा रहेको न्यायिक समितिको सदस्यमा तारादेबी बिक र कमारो खत्रीलाई सदस्यमा मनोनित गरिएको छ ।
यसैगरी वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेतको संयोजकत्वमा गठित लेखा समितिको सदस्यमा जनक थारु र दमकला जैसी सदस्य रहनु भएको छ । दोस्रो गाउँसभाले पारित गरेका कानुनलाई चाडै कार्यान्वयनमा ल्याईने गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीले बताईन । कानुन निर्माण भएसँगै काम गर्न सहज हुने उहाँहरुको विश्वास छ ।

Next Post

संरक्षणको पर्खाइमा शैक्षिक धरोहर

१५ चैत्र २०७४, बिहीबार ०७:५०
सदरलाइनडटकम १५ चैत, नेपालगन्ज : पश्चिम नेपालको केन्द्र नेपालगन्जमा शिक्षाको जग बसाल्ने ऐतिहासिक धरोहरहरुलाई संरक्षण नगर्दा जिर्ण बनेका छन् । ऐतिहासिक धरोहर संरक्षण गर्नका लागि चौतर्फी दबाब बढेको छ । नेपालगन्जमा शिक्षाको जग बसाल्ने मंगल स्कुल खण्डहर बनेको भन्दै बरिष्ठ साहित्यकार एवं शिक्षासेवी सनत रेग्मीले सार्वजनिक रुपमा शैक्षिक धरोहर संरक्षण गर्न […]