निजामति कर्मचारी सङ्गठन नरैनापुर पालिका कमिटीको नेतृत्वमा पुनः मिश्रा

सदरलाइन संवाददाता १२ पुष २०८१, शुक्रबार १८:१७
 

नरैनापुर (बाँके) :  नेपाल निजामती कर्मचारी संगठन,नरैनापुर कार्य समितिको दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ । सो पालिका अधिवेशनबाट लक्ष्मीकान्त मिश्राको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

संगठनको दोस्रो पालिका अधिवेशनबाट मिश्रा पुनः दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन । सो कमिटीको पादाधिकारीहरुमा उपाध्यक्ष जीवन लाल यादव, सचिव विनोद चौधरी, कोषाध्यक्ष कमल केसि चयन भएका छन ।

यसैगरी सदस्यहरुमा हुश्न बानो, घनश्याम थारू, मनबहादुर थापा, अब्दुल हकिम गुजर, टेकबहादुर धोबी, अफरोज खाँ, राम निवास बाहुन चयन भएका छन् ।


सो पालिका अधिवेशन नेकपा एमाले सचिवालय सदस्य, तथा पेशागत महासङ इन्चार्ज कृष्ण कुमार थापा प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति बाँके अध्यक्ष देबिलाल चौलागाई केन्द्रीय सद्स्य गणेश रिजाल लगायत नरैनापुरका करिब ८० जना कर्मचारीको उपस्थितिमा दोस्रो अधिबेशनबाट नरैनापुर पालिका कमिटी गठन भएको कार्यक्रम सन्चालन सदन भन्डारीले गरेका थिए ।

नेपाल निजामति कर्मचारी पालिका कमिटी नरैनापुरको ११ सदस्स्यि रहने र कार्यकाल ३ बर्ष हुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा भेरी–बबई बहुउद्देश्यीय आयोजनाको अवलोकन

१२ पुष २०८१, शुक्रबार १८:१७
बर्दिया :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरेका छन् । उनले आयोजनाको कामलाई गति प्रदान गर्ने बारेमा आयोजना कार्यान्वयन सम्बद्ध पक्षसंग छलफल गरेका थिए । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तिखाल सुर्खेतमा शुक्रबार छलफल गरेका मुख्यमन्त्री आचार्यले आयोजनाको कामलाई गति प्रदान गर्न आवश्यक […]