द्वन्द्वपीडितको न्यायका लागि नेपालगञ्जमा अन्तरक्रिया

सदरलाइन संवाददाता ३० फाल्गुन २०७८, सोमबार १४:३४
 

नेपालगञ्ज : द्वन्द्वपीडितको न्यायका लागि सरोकारवाला पक्षसँग सोमवार नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ । नेपाल पिस विल्डिङ इनिसिएटिवले राजनीतिक दल, नागरिक समाज, मिडियाकर्मी, कानुन व्यवसायीलगायतसँग अन्तरक्रिया गरेको हो ।

संक्रमणकालिन न्याय र द्वन्द्वपीडितहरुको अवस्थाबारे अनुसन्धान गर्र्दै आएको इनिसिएटिवले सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै राय सुझाव समेत लिएको निर्देशक सुवेन्द्र बोगटीले जानकारी दिए ।


खासगरी स्थानीयतहले द्वन्दपीडितहरुको सवाललाई प्राथमिकतामा नराखेको पाइएको समेत बोगटीले बताए । उनले पीडितहरुको सवाल समेत फरकफरक पाइएको बताए । कतिपय पीडितहरुले राज्यबाट शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता माग गरेको पाइएको जानकारी दिँदै उनले कतिपयले भने न्यायको माग गरेको बताए ।

कार्यक्रममा नेकपा एमालेका सचिव रत्न खत्री, काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, नेकपा माओवादी केन्द्रका नेता तारा खत्री, अधिकारकर्मी प्रकाश उपाध्याय, रविन्द्र कर्ण, अधिवक्ता विश्वजित तिवारी, पत्रकार झलक गैरेलगायतले आ–आफ्नो सुझाव राखेको सहजकर्ता शुक्रऋषि चौलागाईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुई वर्षभित्रै कर्णालीका १० जिल्लामा विद्युत पुर्याउँदै प्राधिकरण

३० फाल्गुन २०७८, सोमबार १४:३४
नेपालगञ्ज : नेपाल विद्युत प्राधिकरणले आगामी दुई वर्षभित्रमा कर्णाली प्रदेशका १० जिल्लामा विद्युत पुर्याउने भएको छ । प्राधिकरणले कर्णालीका १० जिल्लाका घर घरमा विद्युत पुर्याउने गरी काम अघि बढाएको हो । प्राधिकरणले कर्णालीवासीको हरेक घरमा विद्युतको पहुँच पु¥याउने लक्ष्यका साथ विद्युतीकरणलाई अगाडि बढाएको छ । कर्णाली प्रदेशका १० जिल्लाका २५ […]

सम्बन्धित