बाँकेमा बुधवार २१ जना डिस्चार्ज

सदरलाइन संवाददाता २६ कार्तिक २०७७, बुधबार ०९:०६
 

नेपालगञ्ज : बाँकेमा बुधवार २१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १२ पुरुष र ९ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ५० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


हालसम्म ३ हजार ४ सय ४८ जनामा संक्रमण देखिएको छ भने कोरोनाबाट निको हुने दर ९१ दशमलव ३६ प्रतिशत रहेको छ ।

अब आइसोलेशनमा बाँकेका २ सय ६३ र अन्य जिल्लाका २१ गरी २ सय ८४ जना छन् । कोरोनाका कारण बाँकेमा ३५ जनाको मृत्युु भइसकेको छ ।

Next Post

भाइटीकामा दुई दिन सार्वजनिक बिदा

२६ कार्तिक २०७७, बुधबार ०९:०६
नेपालगञ्ज : यसबर्ष भाईटीका मनाउन सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर २ गते भाईटीकाको दोस्रो दिन पनि सार्वजनिक बिदा हुने भएको हो । नेवार समुदायको मागलाई सम्बोधन गर्दै मंसिर २ गते पनि सार्वजनिक बिदा दिइने भएको हो । यस बर्ष नेवार समुदायले मंसिर १ गते […]