पीपीएल उपाधि माथि चितवनको कब्जा

१२ पुष २०७६, शनिबार १६:००
 

सदरलाइनडटकम,
पोखरा : दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै चितवनले उपाधि हात पारेको हो ।
उपाधिसँगै चितवनले २७ लाख नगद राशी पाउने छ । उपविजेता विराटनगरले १० लाख रुपैयाँ प्राप्त गर्ने छ । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ५ विकेट गुमाएर २ सय २ रनको योगफल खडा गरेको थियो । लक्ष्य पछ्याएको विराटनगरले निर्धाति २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रनमै समेटियो । पहिलो संस्करणमा पोखरा पल्टनसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको चितवनले दोस्रो संस्करणमा आएर नतिजा आफ्नो पक्षमा पारेको हो ।
चितवनको जितका लागि रोहन मुस्ताफा र अनिलकुमार शाहले उत्कृष्ट अर्धसतक प्रहार गरेका थिए । दुईजनाको ९५ रनको साझेदारीले चितवनले सम्मानजनक योगफल बनाउन सक्यो । अनिललाई १६ ओभरको पहिलो बलमा र रोहनलाई सोही ओभरको चौथो बलमा समान ५० रनमा रोक्दै विराटनगरका पुनित मेहराले साझेदारी तोडेका थिए । कप्तान पारस खड्काले २५ रन, आरिफ शेख १९ रन र बाबर हायत ५ रनमा आउट हुन पुगे ।
करण केसी २६ रन र सन्नी पटेल १६ रनमा अविजित रहे । बलिङ तर्फ पुनित मेहरा र मुहम्मद जाइद आलमले समान २र२ विकेट लिँदा किशोर महतोको नाममा १ विकेट लिन सफल भएका थिए । जवाफी ब्याटिङमा उत्रिएका ओपनिङ ब्याट्सम्यान मुहम्मद जाइद आलमको अर्धसतकीय पारीले विराटनगरलाई जिताउन सकेन् ।
उनले ४८ बलमा ५७ रन बनाएर रोहन मुस्ताफाको बलमा भुवन कार्कीको हातबाट आउट हुन पुगे । कप्तान प्रदीपसिंह ऐरीलाई ३६ रन र दीलिप नाथलाई खातै खोल्न नदिई चितवनका करण केसीले १९ औं ओभरको तेस्रो र चौथो बलमा लगातार आउट गराए ।
पुनित मेहरा ३२, सुनिल धमाला ४, लोकेश बम १ र नोमान खान १८ रनमा आउट भए । पुष्प थापा ३ र जितेन्द्र मुखिया ७ रनमा अविजित रहे । बलिङ तर्फ करण केसी सर्वा्धिक ३ विकेट लिए । सन्नी पटेल र रोहन मुस्ताफाको नाममा समान १ विकेट रह्यो ।

Next Post

सोमालियामा कार बम बिस्फोट, २० जनाको मृत्यु

१२ पुष २०७६, शनिबार १६:००
सदरलाइनडटकम, काठमाण्डौ : अफ्रिकी देश सोमालियामा कार बम बिस्फोट हुँदा २० जनाको ज्यान गएको छ । राजधानी मोगादिसुको व्यस्त क्षेत्रमा शनिवार बिहान बिस्फोट भएको हो । मोगादिसुको चेकपोइन्टमा भएको बिष्फोटमा २० जना भन्दा बढीको मृत्यु भएको पुष्टि प्रहरी अधिकारी इब्राहिम मोहम्मदले गरेको समाचार संस्था एएफपीले जनाएको छ । सोमालियामा अल–कायदा […]