रुपन्देहीमा पेस्तोलसहित ३ जना पक्राउ

सदरलाइन संवाददाता २ चैत्र २०७७, सोमबार ०८:२०
 

बुटवल : कटुवा पेस्तोलसहित रुपन्देहीमा ३ जना पक्राउ परेका छन् । जिल्लाको मर्चवारी गाउँपालिका ७ कन्चनापुरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले सम्मरीमाई गाउँपालिका ९ बेतकुइयाका २४ वर्षिय सुरज हरिजन, सोही ठाउँका २३ वर्षिय तौलन हरिजन र सम्मरीमाई ७ भुन्डिहवाका सहिल मुसलमान पक्राउ परेको जानकारी दिए ।


नम्बरको भारतीय मोटरसाइकलमा सवार ३ जनालाई शङ्का लागेर जाँच गर्दा उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल फेला परेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।

Next Post

सारथी फाउण्डेशनको विद्यालय स्वच्छता अभियानमा ५० हजार विद्यार्थी जोडिदै

२ चैत्र २०७७, सोमबार ०८:२०
नेपालगञ्ज : सारथी फाउण्डेशन नेपालले सन २०२१ मा नेपालका सामुदायिक विद्यालय तथा मदरसामा स्वच्छता अभियान सञ्चालन गरी ५० हजार विद्यार्थीलाई सो अभियानमा जोड्ने भएको छ । फाउण्डेशनका अध्यक्ष ध्रुव देवकोटाले सो अभियानको सुरुवात बाँकेबाट गर्दै आगामी वर्षदिन भित्र ५० हजार विद्यार्थी माझ विद्यालय तथा मदरसा स्वच्छता कार्यक्रम मार्फत सरसफाई कार्यक्रम […]