बाँकेमा ५ संक्रमित थपिए, १ डिस्चार्ज

सदरलाइन संवाददाता २९ फाल्गुन २०७८, आईतवार १३:२६
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १०३ जनाको पीसीआर परीक्षणमा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको पीसीआर प्रयोगशालामा २ जनाको परीक्षण गर्दा १ जना र मेडिकल कलेज कोहलपुरमा ६६ जनाको परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ ।


बागेश्वरी ल्याबमा १५ जनाको नमुना जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका २ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ९ सय ३४ पुगेको छ ।

यस्तै थप १ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ५ सय ७७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैतडीमा भेटिए कालाजारका बिरामी

२९ फाल्गुन २०७८, आईतवार १३:२६
नेपालगञ्ज : बैतडीमा कालाजारका बिरामी भेटिएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–५ गोबडाका ३७ वर्षीया एक महिलामा कालाजारको संक्रमण पुष्टि भएको हो । धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार कालाजार पुष्टि भएपछि ती महिलाको सम्पर्कमा रहेकाको […]