बालिकामाथि दुर्व्यवहार गरेपछि युवकद्वारा आत्महत्या

सदरलाइन संवाददाता १० जेष्ठ २०७९, मंगलवार १७:४५
 

कञ्चनपुर : कञ्चनपुरमा एक युवकले बालिकामाथि दुर्व्यवहारपछि आत्महत्या गरेका छन् । मंगलवार भीमदत्त नगरपालिका–२ उल्टाखामका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको कोठामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनले छिमेकी ११ वर्षीया बालिकामाथि दुव्र्यवहार गरेपछि आत्महत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए ।


बालिकाको परिवारले भने जबरजस्ती करणीको प्रयास गरेको आशंका गरेको छ । बालिकाका बुवाले युवकले बालिकालाई पसलबाट कोठामा लगेर कुटपिट गरेको आरोप लगाएका छन् । ‘सामान किन्न गएकी छोरलाई पसलबाट हात समातेर जबरजस्ती घरमा लगेर कुटपिट गरिएको छ । कोठा भित्र लगेर आक्रमण भयो। यसमा शंका छ’ उनले भने ।

बालिकाको दुवै आँखा र घाँटीमा चोट लागेको छ । उनको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर प्रहरीको हिरासतको शैचालयमा थुनुवा मृत भेटिए

१० जेष्ठ २०७९, मंगलवार १७:४५
कोहलपुर (बाँके) : ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतको शौचालयमा बुधबार बिहान थुनुवा झुण्डिएर मृत अवस्थामा फेला परेका छन् । जबरजस्ती करणी उद्योगमा हिरासतमा रहेका कोहलपुर– १२ का ४६ वर्षिय कृष्णलाल कुँवर हिराशतको शैचालयमा भुण्डिएर मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज […]

सम्बन्धित