छोरी बलात्कारको अभियोगमा बाबु पक्राउ

५ चैत्र २०७५, मंगलवार १६:२०
 

सदरलाइनडटकम,
रुकुम पश्चिम : छोरीलाई बलात्कार गरेको आरोपमा रुकुम (पश्चिम) प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सानीभेरी गाउँपालिकाबाट छोरीलाई बलात्कार गरेको अभियोगमा ३४ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।
१७ वर्षीया छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ परेका बाबुले आफ्नै छोरीलाई लगातार दुई वर्षदेखि बलात्कार गर्दै आएको भन्दै पीडितकी आमाले प्रहरी चौकी पुर्तिमकाडामा निवेदन दिएकी थिइन् । उनले गत शुक्रबार पछिल्लो पटक छोरीमाथि बलात्कार गरेको उजुरीमा उल्लेख भएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए ।
शुक्रवार दिउँसो श्रीमती माइत गएको र छोरी विद्यालयबाट घर नगई साथीकै घर बसेको अवस्थामा ती बाबुले छोरीलाई जबर्जस्ती घर लैजाने क्रममा बाटोमा रहेको अर्कै व्यक्तिको गोठमा जबर्जस्ती गरेको पीडित किशोरीले प्रहरी समक्ष दिएको उजुरीमा उल्लेख छ । उजुरीको आधारमा अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गाउँनजिकैको जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए । पक्राउ परेका बाबुलाई जिल्ला अदालत रुकुमबाट म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

Next Post

आमाको नामबाट नागरिकता दिन सहमति

५ चैत्र २०७५, मंगलवार १६:२०
सदरलाइनडटकम, काठमाण्डौ : प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा आमाको नाममा नागरिकता जारी गर्न अब बाबुको पहिचान अनिवार्य खुलाउन नपर्ने व्यवस्थामा सहमति भएको छ । सिंहदरबारमा मंगलवार बसेको समितिको बैठकमा नागरिकता विधेयकमाथिको छलफलमा सांसदहरु यस्तो सहमतिमा पुगेका हुन् । तर, बाबुको पहिचान हुन नसकेको व्यहोरा भने उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको […]