राप्तिसोनारीमा विपद व्यवस्थापन तयारीका बारेमा छलफल

सदरलाइन संवाददाता ३ असार २०७८, बिहीबार २०:१४
 


राप्तिसोनारी (बाँके) : बाँकेको राप्तिसोनारी गाँउपालिकाले विपद् व्यवस्थापन तयारीका बारेमा जिल्ला विपद व्यवस्थापन समितिलाई जानकारी गराएको छ । विहिबार पालिकामै आयोजित एक कार्यक्रममा सो जानकारी गराएको हो ।

राप्तिसोनारी गाँउपालिकाका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा भएको सो बैठकको सहजिकरण गर्दै प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर शाहीले पालिकाले गरेको तयारी तथा विपदप्रतिकार्य योजनाका बारेमा जानकारी गराएका थिए ।

बाँकेको राप्तिसोनारी गाँउपालिका बाढीजन्य विपदको उच्च जोखिममा रहेको गाँउपालिका हो । राप्ति नदिले हरेक बर्ष डुवान कटानको समस्या र जोखिम निम्त्याउने भएकोले बाढी जन्य प्रकोपबाट जोगिनका लागि जोखिमयुक्त स्थानहरुको पहिचान गरि योजना अनुसार काम अगाडि बढाईएको वडा नं. ६ का वडाध्यक्ष तथा विपद फोकल पर्सन जनकराम थारुले जानकारी दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले राप्तिसोनारी गाँउपालिकाकोे विपद जोखिम प्रतिकार्य योजना अनुसार पालिकाले तयारी बढाउन निर्देशन दिंदै जोखिम न्युनिकरणका लागि जिल्ला विपद व्यवस्थापन समितिले पनि विभिन्न क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले बाढी तथा प्रकोपको पहिलो सामना गर्ने स्थानीय तहनै भएको बताउदै बाढी जन्य प्रकोपबाट हुन सक्ने मानविय र भौतिक क्षतिलाई न्युनिकरण गर्नका लागि बिषेश योजना निर्माण गरि कार्यान्वयनमा लैजान आवश्यक रहेको औल्याए ।


पालिकाका अध्यक्ष लाहुराम थारुले राप्तिसोनारी गाँउपालिकालाई विपदको उच्च जोखिममा परेको क्षेत्र घोषणा गरि बाढी जन्य विपद प्रतिकार्यका लागि छुट्टै योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता भएको बताउदै यसमा केन्द्र सरकारले पनि तटबन्ध, घर निर्माण लगायत विभिन्न कुराहरुमा सहयोग गर्न आवश्यक रहेको बताए ।

उनले राप्तिसोनारीको एकल प्रयासले मात्र केहि हुन नसक्ने कुरामा जोडदिदै सहकार्य र समन्वयमा अघि बढ्ने प्रतिबद्धता जनाउदै कोभिडको सन्त्रासमा पनि मानविय क्षति न्युनिकरण तथा रोकथामका लागि पालिकाको तर्फबाट सक्दो पहल गरेको बताए ।

सो अवसरमा जिल्ला विपद व्यवस्थापन समितिमा विभिन्न क्लस्टरबाट आवद्ध रहेका सदस्य संस्थाहरु रेडक्रस, बि ग्रुप, बेस, सुरक्षा निकायहरु, उद्योग वाणिज्य संघ, स्थानीय जनप्रतिनिधि लगायतले विभिन्न क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मनाङमा यार्सा टिप्न हिँडेका ८० जना बेपत्ता

३ असार २०७८, बिहीबार २०:१४
काठमाण्डौ : मनाङमा यार्सागुम्बा संकलनका लागि हिँडेका ८० जना सम्पर्कविहीन भएका छन् । फू गाउँबाट हिडेर दुई दिनमा पुगिने तिब्बतको सीमाना रहेको लेकमा यार्सागुम्बा टिप्न हिडेँका ८० जना सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । जेठ १५ गते उक्त लेकमा गएका उनीहरु पछिल्लो तिन चार दिन यता सम्पर्कविहीन […]