सदरलाइनडटकम,
दाङ : दाङको तुलसीपुरमा स्कुल बस दुर्घटना हुँदा २२ जना घाईते भएका छन् । लमही–तुलसीपुर सडकखण्डको मोतिपुरमा सोमवार बेलुकी गोर्खा स्कुलको बस दुर्घटना हुँदा २२ जना घाईते भएका हुन् ।
ओभरटेक गर्न खोज्दा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । घाईतेमध्ये बस चालकको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए । घाईतेहरुलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा भर्ना गरिएको छ ।
