नरैनापुरमा प्रहरी जवान पनि कोबिड–१९ संक्रमित

१० जेष्ठ २०७७, शनिबार २२:०७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा कोबिड–१९ को महामारीमा अग्रपङ्तीमा खटेका स्वास्थ्यकर्मी, प्रहरीलाई कोरोना संक्रमण पुष्टी भएको छ । शनिबार पुष्टि भएका संक्रमित मध्ये एकजना प्रहरी जवान हुन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले नरैनापुरको कालाफाँटा प्रहरी चौकीमा कार्यरत प्रहरी जवानलाई कोरोना संक्रमणको पुष्टि भएको जानकारी आएको बताए ।

सो प्रहरी चौकीका प्रहरी जवानलाई कोरोना पुष्टि भएसंग चौकी शिल गरि चौकिमा कार्यरतलाई अनेत्र क्वारेन्टाईनमा राखिएको छ संक्रमितलाई नेपालगञ्ज ल्याईदै गरेको प्रवक्ता डिएस्पी सिंहले बताए ।


बाँकेमा प्रहरीलाई कोरोना संक्रमण देखिएको पहिलो पटक हो भने यस अघि स्वास्थ्यकर्मीममा देखिई सकेको छ । दुईदिन अघिमात्र जिल्लाका ६० जना प्रहरीको स्वाब परिक्षणको लागि लिएकोमा एकजनाको पोजेटिभ नतिजा आएको हो ।

यसैबीच नरैनापुरमा शनिबार प्रहरी जवानसहित २७ जनालाई कोरोना देखिएपछि उनीहरुलाई कृषि अनुसंन्धान केन्द्र खजुरामा निर्माण गरिएको ४० बेडको आईसोलेशन सेन्टरममा राखिने तयारी भएको छ ।

Next Post

१९ जना थपिएसँगै संक्रमितको संख्या ६०३ पुग्यो

१० जेष्ठ २०७७, शनिबार २२:०७
सदरलाइनडटकम, नेपालगञ्ज : आइतवार १९ जना नयाँ संक्रमित थपिएसँगै देशभरीमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ । जसअनुसार मोरङका १ जना, बारामा १, पर्सामा ३, रौतहटमा १ जना थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । यस्तै सर्लाहीका १ जना, रुपन्देहीमा ६, काठमाण्डौमा १, नुवाकोटमा १ […]

ताजा अपडेट