राष्ट्रपति भण्डारीद्वारा बजेट अधिवेशन अन्त्य

१८ असार २०७७, बिहीबार १८:२४
 

सदरलाइनडटकम,
काठमाण्डौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ५ बजेदेखि संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएकी हुन् ।

राष्ट्रपति कार्यालयले अधिवेशन अन्त्यको पत्र सचिवालयमा पठाइसकेको छ । राष्ट्रपति भण्डारीको पत्र आउँदा राष्ट्रिय सभाको बैठक चलिरहेको थियो । अधिवेशन अन्त्यको सूचना आएपछि राष्ट्रिय सभाको दोस्रो बैठक बोलाइएको छ ।


दोस्रो बैठकमा अधिवेशन अन्त्यको जानकरी दिने तयारी भैरहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले जानकारी दिए । कोबिड–१९ कोरोना महामारी कै बीच सुरु भएको बजेट अधिवेशनले सरकारको नीति तथा कार्यक्रम, बजेटसंगै केही विधेयकहरु पनि पारित गरेको छ ।

यसअघि बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

Next Post

पेशागत सुरक्षाको माग गर्दै निजि शिक्षक आन्दोलनमा

१८ असार २०७७, बिहीबार १८:२४
सदरलाइनडटकम, नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणको कहरका बीचमा निजि विद्यालयका शिक्षकहरुले पेशागत सुरक्षाको माग गर्दै आन्दोलन चर्काउने भएका छन् । संस्थागत विद्यालय शिक्षक यूनियनको नेतृत्वमा शुक्रबार (भोली) देशव्यापी प्रदर्शन गर्ने भएका छन् । संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनको कारण निजि विद्यालयमा कार्यरत शिक्षकले तलब नपाउनुको साथै रोजगारी पनि […]