बेपत्ता भएको तीन दिनपछि वृद्धाको शव फेला

सदरलाइन संवाददाता २७ फाल्गुन २०७८, शुक्रबार १४:३५
 

सुर्खेत : रूकुमपश्चिममा बेपत्ता भएको तीन दिनपछि एक वृद्धाको शव फेला परेको छ । अस्थाई प्रहरी पोष्ट छिबाङ रुकुम पश्चिमका अनुसार मुसिकोट नगरपालिका–१३ लामिडाडा बस्ने ७३ वर्षीय कली रोकाको शव फेला परेको हो ।

प्रहरीका अनुसार गत फागुन २३ गते कली रोका घरदेखि बेपत्ता भएकी थिइन् । उनलाई आफन्तले खोजतलास गर्ने क्रममा बिहीवार राती साढे ९ बजे शव फेला पारेका हुन् ।


कली रोकाको शव दोपाई हाईबाङ जाने ग्रामिण सडकबाट एकसय मिटर तल भीरमा मृत अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमबाट प्रहरी टोली खटिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा शनिवारदेखि हात्तीपाइले रोगविरुद्धको अभियान शुरु

२७ फाल्गुन २०७८, शुक्रबार १४:३५
नेपालगञ्ज : बाँकेमा शनिवारदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान शुरु भएको छ । जिल्लाका आठवटै पालिकामा पालिकाले आ–आफ्नै तरिकाले कार्यक्रमको आयोजना गरी अभियानको शुरुवात गरेका हुन् । बाँकेमा जिल्लामा ५ लाख ६८ हजार मानिसलाई औषधि दिइने लक्ष्य छ । त्यसका लागि ५६० जना स्वास्थ्यकर्मी तथा ७८९ जना महिला स्वास्थ्य […]

सम्बन्धित