बाँके काँग्रेसमा गौडेलको अग्रता भोली फेरी सभापतिका लागि मतदान हुने

सदरलाइन संवाददाता १९ फाल्गुन २०७८, बिहीबार १९:४३
 

नेपालगञ्ज :  नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्वका लागि बिहीबार भएको निर्वाचनमा । पहिलो चरणमा नारायण प्रसाद गौडेलले अग्रात लिए पनि बिजयी हुन सकेनन । भोली फेरी सभापतिका लागि गौडेल र अर्का प्रत्यासी बादशाह कूर्मीबीच प्रतिश्पर्दामा रहने र मतदान हुने भएको हो ।

गौडेलले ५ सय ६९ मत प्राप्त गरेर प्रथम भए भने बादशाह कुर्मीले ५ सय ३८ मत प्राप्त गरेर द्वितिय स्थान हासिल गर्दा सुरेन्द्रबहादुर हमालले ३ सय १४ मत ल्याएर तेस्रो भए । खसेको मतमा २४ मत बदर भएको थियो । कुल १४ सय ९३ मत संख्या मध्ये १४४५ जना मतदाताले मतदान गरेको निर्वाचन परिचालन कमिटीले जानकारी दिएको छ । बिहीबार सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चुन्न अपराह्न ४ बजेसम्म मतदान भएको थियो ।


यस मतदानबाट कुनै पनि उम्मेदवारले कुल खसेको मतको ५०% भन्दा बढी मत प्राप्त गर्न नसकेको हुनाले दोस्रो चरणको मतदानमा पहिलो स्थानका गौडेल र दोस्रो स्थानका कुर्मीबिच सभापति पदमा २०८७ फागुन २० गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पुनः जिल्ला समन्वय समिति बाकेमा मतदान हुने जनाईएको छ ।

कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने हुन्छ भने अन्य पदमा बढी मत ल्याउने निर्वाचित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रचण्ड राष्ट्रबादी हाईनन, उनी आफ्नो स्वार्थमात्र हेर्छन :  बास्कोटा

१९ फाल्गुन २०७८, बिहीबार १९:४३
नेपालगञ्ज  :  नेकपा एमालेका नेता तथा पुर्व मन्त्री गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कहिले पनि राष्ट्रवादी नभएको दावी गरेका छन् । प्रेस चौतारी बाँकेले बिहिवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बास्कोटाले प्रचण्ड जहिले पनि सत्ताबादी भएको र आफ्नो स्वार्थको लागि जे पनि गर्न पछि नपर्ने […]

सम्बन्धित