सदरलाइनडटकम,
काठमाण्डौ : प्रहरीले नक्कली नेपाली रुपैयाँ बनाउने कारखाना फेला पारेको छ । नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेपछि उनीहरुले बताएको आधारमा प्रहरीले रातोपुलस्थित नक्कली नोट बनाउने कारखाना फेला पारेको हो ।
ललितपुरको मच्छेगाँउबाट शनिवार राति नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेपछि नक्कली नोट बनाउने कारखानानै फेला परेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ । तीन लाख नक्कली नेपाली रुपैयाँ बरामद गरिएको प्रहरी प्रवक्ता मोहन थापाले बताए । उनीहरुको साथबाट नक्कली नोट छाप्ने मेशिनसमेत बरामद भएको छ ।
