खजुरामा निःशुल्क आँखा शिविर सञ्चालन

सदरलाइन संवाददाता १९ फाल्गुन २०७८, बिहीबार १५:४८
 

नेपालगञ्ज : जनतासंग स्थानीय सरकार अन्तरगत बाँकेको खजुरा गाउँपालिकाका जेष्ठ नागरिकका लागि आजदेखी निःशुल्क आँखा शिविर सञ्चालन भएको छ ।

वडा नं. ८ बाट शुरु भएको आँखा शिविरको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले शुभारम्भ गर्दै पालिकाले दिएको निशुल्क आँखा जाँच र औसधि सेवा लिन जेष्ठ नागरिकलाई आग्रह गरे ।

८ वडा भएको खजुराका सबै वडामा उक्त शिविर सञ्चालन हुनेछ । विगतका वर्षहरुमा पनि आँखा शिविरका साथै स्वास्थ्य शिविर संचालन गरिएको थियोे । अध्यक्ष कक्षपतिले जनतालाई सर्बसुलभ स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले बेला बेलामा यस्ता शिविर गरिएको बताए ।


खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समिति सदस्य भक्तबहादुर केसी, स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेललगायतको सहभागिता रहेकोे थियोे ।

भिजन आँखा अस्पताल नेपालगञ्जको प्राविधिक सहयोगमा शिविर संचालन भैरहेको छ । वडा नं. ८ मा १६५ जनाको आँखा जाँच भएकोमा २९ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए । उनका अनुसार शल्यक्रिया पनि निःशुल्क गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके कांग्रेसको मतदान सम्पन्न, ७ बजेदेखि गणना हुने

१९ फाल्गुन २०७८, बिहीबार १५:४८
नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेको अधिवेशन अन्तर्गत मतदान सम्पन्न भएको छ । नयाँ नेतृत्व चुन्नका लागि भएको मतदानमा १ हजार ४ सय ४५ जनाले मतदान गरेका छन् । नयाँ नेतृत्व चुन्न बिहीवार विहान सवा ९ बजेदेखि जिल्ला समन्वय समितिमा भएको मतदानमा सकिएको छ । कुल १४ सय ९३ मत संख्या […]