चारबजेदेखि लकडाउन कडा पारिदै

८ बैशाख २०७७, सोमबार ०८:२६
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनलाई बाँकेमा थप कडा बनाईने भएको छ ।


जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउन अवधिमा औषधि पसल बाहेकका कुनै पनि पसल तथा ब्यवसाय संचालनमा रोक लगाउदै एक सुचना जारी गर्दै प्रशासन कार्यालय बाँकेले सोमबारदेिख अनिश्चितकासम्मका लागि बेलुका ४ बजेपछि कुनै पनि पसल संचालन गर्न नपाईने जनाएको हो ।

यद्यपी बेलुका ४ बजेभन्दा अगाडी पसल खोल्न पाउने र नपाउने विषयमा भने प्रष्ट पारीएको छैन । प्रशासन कार्यालय बाँकेले लकडाउन उलङ्घन गरेको पाईए कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

Next Post

भेरीकाे ल्याबबाट नतिजा आउन सुरु, ९ काे नतिजा नेगेटिभ

८ बैशाख २०७७, सोमबार ०८:२६
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जकाे भेरी अस्पतालमा सञ्चालनमा ल्याईएकाे काेराेना परीक्षण ल्याबले पहिलाे दिन गरेकाे परिक्षणमा ९ जनाकाे काेराेना रिपोर्ट नेगेटिभ देखिएकाे छ । काेराेना परिक्षण ल्याव स्थपना भएपछि आईतबारबाट भेरीमा काेराेना परीक्षण सुरू गरीएकाे थियाे । आईतबार गरीएकाे परिक्षणमा नेपालगन्ज मेडिकल कलेजकाे आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका ब्यक्ति सहित ९ […]