कस्केली समाजको भेला

१५ श्रावण २०७३, शनिबार १४:२४
 

IMG_8104 copy


सदरलाइनडटकम,
१५ साउन, नेपालगन्ज : कास्की जिल्लाबाट बाँकेमा बसाईसराई गरी बासोबास गर्दै आएका तथा विभिन्न पेशामा आवद्ध रहेका कस्केली बन्धुहरुको कास्की सेवा समाज बाँकेको दोस्रो भोला कोहलपुरमा सम्पन्न भएको छ । कास्की सेवा समाज बाँकेका अध्यक्ष डम्बरराज सुवेदीको अध्यक्षतामा भएको सो भेलाले समाजको विधानलाई अन्तिम रुप दिन र जिल्ला प्रशासन कार्यालयमा दर्ताको लागि पहल गर्ने निर्णय गरेको छ । IMG_8099 copyबाँकेमा बसोबास गर्दै आएका कस्केलीहरुले समाजको तर्फबाट विभिन्न सामाजिक कार्य सञ्चालन गर्ने तथा समाजमा भैपरिआउने विभिन्न खालका गतिविधिमा सहभागि हुनको लागि समाजको स्थापना गर्न लागिएको अध्यक्ष सुवेदीले बताए ।
‘लामो समयदेखि कास्कीबाट बाँके आई स्थायी बसोबास गरेका तथा विभिन्न पेशा तथा रोजगारिमा संलग्न रहेका सदस्य हुन पाउने गरी समाजले विधान निर्माण गर्दै छ’–विधान मस्यौदा समितिका कृष्णराज पौडेलले भने । IMG_8094 copy
उनले कस्केली बन्धुको खुसिमा र दुःखमा सहभागि हुने समाजको मुख्य उद्देश्य रहने र आफ्ना सन्ततिलाई जन्मभूमिको बारेमा जानकारीका साथै कला, संस्कृति आदीको संरक्षणको लागि समाज मार्फत पहल गरिने उनको भनाई छ । बाँकेमा कस्कीबाट बसाई सराई गरेर आउनेको संख्या कोहलपुर, खजुरा, नेपालगन्जमा उल्लेख्य मात्रामा रहेको समाजको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मध्यामिक तहका अंग्रेजी शिक्षकका लागि दुईदिने तालिम

१५ श्रावण २०७३, शनिबार १४:२४
सदरलाइनडटकम, १५ साउन, नेपालगन्ज : यस क्षेत्रका अंग्रेजी विषयका मध्यामिकतहका शिक्षकका लागि शनिबारदेखि नेपालगन्जमा तालिम सुरु भएको छ । नेल्टा केन्द्रको सहकार्य तथा रिलो अमेरिकन राजदूताबासको सहयोगमा दुई दिने तालिम सञ्चालन गरिएको हो । तालिममा बाँके, दाङ, बर्दिया, सुर्खेत र अर्घाखाँचीका गरि ४३ जना अङ्ग्रेजी माबी शिक्षकहरुको सहभागिता रहेको छ । […]