बाँके कांग्रेसको मतदान सम्पन्न, ७ बजेदेखि गणना हुने

सदरलाइन संवाददाता १९ फाल्गुन २०७८, बिहीबार १६:३०
 

नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेको अधिवेशन अन्तर्गत मतदान सम्पन्न भएको छ । नयाँ नेतृत्व चुन्नका लागि भएको मतदानमा १ हजार ४ सय ४५ जनाले मतदान गरेका छन् ।

नयाँ नेतृत्व चुन्न बिहीवार विहान सवा ९ बजेदेखि जिल्ला समन्वय समितिमा भएको मतदानमा सकिएको छ । कुल १४ सय ९३ मत संख्या मध्ये ४८ जना मतदाता उपस्तिथ नभएको निर्वाचन परिचालन कमिटीले जानकारी दिएको छ ।


सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चुन्न अपराह्न ४ बजेसम्म मतदान भएको थियो ।

कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने हुन्छ भने अन्य पदमा बढी मत ल्याउने निर्वाचित हुनेछन् । मगगणना साझँ ७ बजे शुरु हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेशस्तरिय विश्व विद्यालय अनेत्र नसार्न खजुरा गाउपालिकाको चेतावनी

१९ फाल्गुन २०७८, बिहीबार १६:३०
खजुरा (बाँके) : लुम्बिनी प्रदेशस्तरिय विश्वविद्यालय बाँकेको खजुरामा स्थापना गर्ने गरी प्रदेश सरकारले गरेको निणर्यलाई फेरबदल नगर्न खजुरा गाउँपालिकाले आग्रह गरेको छ । खजुरामा बन्ने भनिएको प्रदेश विश्वविद्यालयको लागि प्रदेशको योजना आयोगले अनेत्र जग्गा खोजी गर्न थालेपछि खजुरा गाउपालिकाले सो बारेमा बिहीबार आधिकारीक धारणा सार्वजनिक गर्दै प्रदेश योजना आयोगले नियतबस […]